१२ श्रावण २०८१, शनिबार

बन्यजन्तु राहत क्षतीपुर्ती कोष ब्यवस्थापन समिति गठन
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र ब्यवस्थापन समिति अन्तरगतको देउराली हरियाली मध्यवर्ती क्षेत्र उपभोक्ता समिति र जयगुरुबाबा मध्यवर्ती बहुउद्देश्यीय सहकारी संस्था लि.को संयुक्त पहलमा बन्यजन्तु राहत क्षतीपुर्ती कोष ब्यवस्थापन समिति गठन गरिएको छ ।

मध्यवर्ती क्षेत्रमा दिन प्रतिदिन बन्यजन्तुका कारण कृषकहरुको बाली क्षतीमा बृद्धि भईरहेकाले सहज र सुलभ तरिकाले समुदायमा राहत क्षतीपूर्ती प्रदान गर्न समिति गठन भएको हो ।

सहकारीका अध्यक्ष कृष्णलाल चौधरीका अनुसार बन्यजन्तुका कारण पीडित कृषकहरुको घरमै तत्काल सहयोग उपलब्ध गराउन बन्यजन्तु राहत क्षतीपुर्ती कोष ब्यवस्थापन समिति गठन गरिएको जानकारी गराए ।

‘अहिले कोष बृद्धिको काम भइरहेको छ ।’ कोष विकास भइसकेपछि कोष परिचालन गर्ने छौं चौधरीले भने ‘ ।

देउराली हरियाली मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष कृष्ण बहादुर चौधरीको संयोजकत्वमा ३ सदस्यीय बन्यजन्तु राहत क्षतीपुर्ती कोष ब्यवस्थापन समिति गठन गरिएको छ ।

समितिको  सदस्यहरुमा राजबहादुर चौधरी र नायारण वली  छन् । समिति सहकारीको उपसमितिको रुपमा रहने  छ ‘सदस्य नारायण वलीले जानकारी दिए ।’

मध्यवर्ती क्षेत्र स्तरमा समुदायले गरेको यो प्रयास पहिलो हो । असल उदेश्यले  मानव र बन्यजन्तु बिचको सहसम्बन्ध र सहअस्तित्व कायम गर्न सहयोग पुग्ने समितिका सचिव लोकन्द्र खत्रीको विश्वास  छ ।

यस्ता छन् समितिका निर्णयहरु

  • २८ मंसिर २०७७, आईतवार प्रकाशित

  • Nabintech