१६ चैत्र २०८०, शुक्रबार

सरकार विरुद्ध बाँकेमा काँग्रेसको विरोध प्रदर्शन
  • न्युज मानसराेवर

बाँके बैजनाथ । नेपाली काँग्रेस बाँकेले सरकारको विरोधमा सोमबार नेपालगञ्जमा प्रदर्शन गरेको छ । नेपाली काँग्रेसको केन्द्रीय कार्यक्रमअनुसार बाँकेमा पनि बिरोध प्रदर्शन गरीएको हो ।

सोमबार दिउसो नेपाली काँग्रेस बाँकेको पार्टी कार्यालयबाट सुरु भएको विरोध प्रदर्शन नगरका विभिन्न भागको परिक्रमापछि जिल्ला प्रशासन कार्यालय कार्यालय अगाडी पुगेको थियो ।

जिल्लाका ८ वटै पालिकाबाट नेपालगन्ज केन्द्रित भएका नेता कार्यकर्ताहरुले केपी ओली नेतृत्वको सरकार विरुद्ध चर्को नाराबाजी गरेका छन् । काँग्रेस जिल्ला सभापति किरण कोइरालाको नेतृत्वमा गरीएको बिरोध प्रदर्शनमा हजारौं कार्यकर्ता सहभागी भएको काँग्रेस बाँकेले दावी गरेको छ ।

  • २९ मंसिर २०७७, सोमबार प्रकाशित

  • Nabintech