१२ बैशाख २०८१, बुधबार

बाँकेका ४१ सय ८३ संक्रमितमध्ये ४१ को मृत्यु
  • न्युज मानसराेवर

बाँके बैजनाथ । बिगत ९ महिनायता बाँकेका ४ हजार १८३ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार सुरुवाती दिनमा काठमाण्डौं तथा जिल्लाका तिन वटा प्रयोगशालामा गरीएको परिक्षणमा जिल्लाका १४३५ महिला तथा २७४८ जना पुरुषमा संक्रमण देखिएको
हो ।

चार हजार बढिलाई संक्रमण देखिएपछि बाँकेका ३९८४ जना कोरोनामुक्त भईसकेका छन । सोमबार बिहान मात्रै थप २० जना संक्रमणमुक्त हुँदै डिस्चार्ज भएका थिए ।

यसैबिच आज (सोमबार) बाँकेमा २० जना संक्रमित थपिएका छन । जिल्लाका २ वटा प्रयोगशालामा गरीएको परिक्षणमा ७ महिला र १३ पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

भेरी अस्पताल नेपालगन्जको ल्यावमा गरिएको परिक्षणमा १५ तथा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको ल्यावमा गरिएको परिक्षणमा ५ जनामा संक्रमण पुष्टि भएको हो । यसैबिच सोमबार बाँकेको भेरी अस्पतालमै उपचाररत एक पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमण देखिएका भिमदत्त नगरपालिका १५ कञ्चनपुरका ५४ वर्षिय पुरुषको मृत्यु भएको हो । उनलाई मंसिर २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार बाँकेमा हालसम्म बिभिन्न जिल्लाबाट उपचारकालागि बाँके ल्याईएका ६९ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । त्यसैगरी बाँकेभित्रकै ४१ (१५ महिला, २६ पुरुष) जनाको मृत्यु कोरोना संक्रमणबाट भएको केन्द्रले पुष्टि गरेको छ ।

  • २९ मंसिर २०७७, सोमबार प्रकाशित

  • Nabintech