४ बैशाख २०८१, मंगलवार

समितिले उपलब्ध गरायो बन्यजन्तुबाट पीडितलाई राहत
  • न्युज मानसराेवर

बाँके बैजनाथ । बाँके राष्ट्रिय निकुञ्जको देउराली हरियाली मध्यवर्ती क्षेत्र उपभोक्ता समितिले बन्यजन्तुबाट पीडित भएका ८ घरढुरीले क्षतीपूर्ती राहत प्राप्त गरेका छन् ।

सोमबार  एक कार्यक्रमका बिच बैजनाथ गाउँपालिका वडा नं। ४ बानियाभार क्षेत्रका पीडितहरुले राहत प्राप्त गरेका हुन् ।

बाँके राष्ट्रिय निकुञ्जबाट बन्यजन्तुबाट हुने क्षतीको राहत सहयोग निर्देशिका, २०६९ ९तेस्रो संशोधन, २०७५० बमोजिम ५६ हजार रुपैया राहत पाएका हुन् ।

दुर्गा देवी शाहले , जंग बहादुर वली,महेन्द्र कुमार वली, केशव कुमार शाह, तिलक राम चौधरी, प्रेम बहादुर थारु, पूर्ण बहादुर देवकोटा र सरिता बुढाथोकीले राहत प्राप्त गरेका हुन् ।

अधिकांश कृषकको बाली बँदेलले क्षती गरेको पाइएको छ ।

 

 

  • २९ मंसिर २०७७, सोमबार प्रकाशित

  • Nabintech