१३ बैशाख २०८१, बिहीबार

मृतक धनाको परिवारलाई छिटो ऋण तिर्न ताकेता
  • न्युज मानसराेवर

बाँके बैजनाथ । २०७७ कार्तिक महिनामा कोहलपुर ११ कि धना कार्कीको बसोवास महिला बचत तथा ऋण सहकारी बाट १ लाख ५० हजार रुपैया ऋण स्कृत भयो ।
ऋण लिने समयमा उनको थप सेर वाफत ९ हजार , अनुगमन शुल्क २ हजार , घर जग्गा शुल्क २ सय , बिमा वापत २ हजार २ सय शुल्क कटौती गरियो ।
बिमा वापत २ हजार २ सय शुल्क तिरेकी धनाको ऋण लिएको केही समय पछि निधन भयो । निधन लगतै सहकारीले धनाको परिवारलाई छिटो ऋण तिर्न तकेता गरयो ।
बिमा वापतको रकम कटौती गरिसके पछि ऋणीको मृत्यु पछि बाँकी किस्ता तिर्न नपर्ने परिवारको बुझाई छ । तर बसोवास महिला बचत तथा ऋण सहकारी सो कुरा मान्न तयार छैन ।
खासमा सहकारीले बिमा वापतको रकम कटौती गरेको भएपनि सो रकम बिमा कम्पनी लाई नदिने गरेकाले परिवारको दाबि अनुसारको ऋण मिनाहा हुन नसकेको हो । यस विषयमा थप बुुुझ्न सहकारीका अध्यक्षसग टेेेलिफोन सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

  • १ पुष २०७७, बुधबार प्रकाशित

  • Nabintech