बाँके बैजनाथ । कोहलपुर नगरपालिकाले भूमि सम्बन्धि समस्या समाधान आयोगको लागत संकलन इकाईको उत्घाटन गरिएको छ ।
भूमि सम्बन्धित समस्या समाधान आयोगका अध्यक्ष देवि ज्ञवालीले उक्त लागत संकलन इकाई कार्यालयको शुक्रबार उत्घाटन गरेका हुन् ।
लागत संकलन इकाईको उत्घाटनमा बोल्दै अध्यक्ष ज्ञवालीले कर्णाली प्रदेश, सुदुरश्चिम प्रदेश, र लुम्बिनी प्रदेशको प्रवेश द्धार कोहलपुरमा आयोगको इकाइ संचालनमा ल्याउने स्थानीय तह पहिलो भएको जानकारी गराए । ज्ञवालीले अब दलित, भूमिहिन र अव्यवस्थित बसोबास व्यवस्थापन गर्न तिब्र रुपमा लागत संकलन गर्न नगरपालिकालाई आग्रह गरे । ज्ञवालीले आयोगको प्राथमिता भूमि सम्बन्धि समस्या समाधान प्रमुख रहेको बताउदै कोहलपुर नगरपालिकालाई अग्रम शुभकामना दिए ।
यसै गरी कोहलपुर नगरपालिका मेयर लुट बहादुर रावतले भूमि सम्बन्धि समस्या समाधान इकाई खोल्न पाउदा आफ्नो नगरपालिका सबै जनता हर्षित तुल्याएको बताए । रावतले भूमि सम्बन्धि समस्या समाधान गर्न कोहलपुर नगरपालिकाले बजेटको कुनै अभाव हुन नदिने प्रतिवद्धा समेत व्यक्त गरे ।
कार्यक्रमा उप प्रमुख सन्जु चौधरी कार्यापालिका सदस्य वडा अध्यक्ष प्रमुख प्रशासकीय अधिकृत लगाएतको सहभागिता कार्यक्रममा थियो ।
संकलन इकाई कार्यालय संचालनमा ल्याउने कोहलपुर नगरपालिका पहिलो नगरपालिका हो ।
बाँकेको कोहलपुर नगरपालिका बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, राप्ती सोनारी गाउँपालिका, जानकारी गाउँपालिका, नरैनापुर गाउँपालिकामा भूमि सम्बन्धि समस्या समाधान आयोगले काम गर्ने छ ।