८ बैशाख २०८१, शनिबार

एक सिक्काका दुई पाटा हुन आवश्यक अध्यक्षःरुचाल
  • आरके छिनाल

बाँके बैजनाथ । बैजनाथ गाउँपालिकाको आर्थिक वर्ष २०७७।०७८ को प्रथम चौमासिक समिक्षा सम्पन्न गरिएको छ ।

गाउँपालिकाका शाखा प्रमुखहरुले प्रथम चौमासिकमा भए गरिएका   प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।  लेखा अधिकृत पूर्ण प्रसाद जैसी ,योजना शाखा डोटी नेपाली ,स्वास्थ्यका लक्षमण शाही , कृषिका प्रमोद कुमार विश्वकर्मा पशु शाखा खड्क बहादुर सिह लगाएत शाखाको आर्थिक वर्ष २०७७।०७८ को प्रगति समिक्षा गरिएको थियो ।

समिक्षा कार्यक्रममा आफ्नो धारणा राख्दै  बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले निर्वाचित जनप्रतिनिधिले नीति तथा कार्यक्रम ल्याउन सक्ने  तर त्यसको कार्यान्वय  कर्मचारीले गर्ने हुँदा कर्मचारी र जनप्रतिनिधि एक सिक्काको दुई  (२)  पाटा हुन आवश्यक रहेको बताए ।

उनले समग्र बैजनाथको विकासमा कर्मचारीहरुको भूमिका उल्लेख्नीय रहेको बताउदै ‘ अब सुकुमबासी समस्या समाधान गर्न पनि कर्मचारी र जनप्रतिनिधि  विच सहकार्य गर्दै बैजनाथका जनताहरुको आशा अपेक्षाहरु पुरा गर्न क्रियाशिल हुन आवश्यक  छ रुचालले भने’ ।

यसै गरी समिक्षामा बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विकले यो नयाँ आयमको सुरुवात भएको बताउदै यस्ता समिक्षालाई निरन्तर दिन आवश्यक रहेको बताईन् । उनले समिक्षा बाट   केही नयाँ गर्ने बाटो बन्न सक्ने आफ्नो धारणा राखिन् ।

प्रथम चौमासिक समिक्षाको औचित्य  भनेको  समन्वय र सहकार्य रहेको बताउदै यसलाई निरन्तर लैजाने बैजनाथ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतले कार्यक्रममा भने । समिक्षामा वडा अध्यक्ष ,कार्यापालिका सदस्य, कर्मचारी ,पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

  • ३ पुष २०७७, शुक्रबार प्रकाशित

  • Nabintech