६ बैशाख २०८१, बिहीबार

बालुवाटारमा ओली समूहका केन्द्रीय सदस्यहरुको भेला सुरु
  • न्युज मानसराेवर

काठमाडौं–प्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओली समूहका केन्द्रीय सदस्यहरुको भेला सुरु भएको छ।

बैठक निर्धारित समयभन्दा केही ढिला सुरु भएको हो। आफ्नो पक्षमा बहुमत जुटाउन केन्द्रीय सदस्यहरुको सूची बनाउन थालेपछि बैठकमा ढिलाइ भएको थियो।

यसैगरी, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधवकुमार नेपाल समूहले दिउँसो १ बजे कार्की बेङ्क्वेटमा भेला बोलाएको छ। आजको बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने प्रचण्ड–नेपाल पक्षले जनाएको छ। यसअघि आइतबार बसेको स्थायी कमिटी बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गर्दै यसलाई केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गरेको थियो।  नेपाल लाइभ

  • ७ पुष २०७७, मंगलवार प्रकाशित

  • Nabintech