१३ बैशाख २०८१, बिहीबार

कोरोनाबाट बाँकेमा एक जनाको ज्यान गयो
  • न्युज मानसराेवर

बाँके बैजनाथ । कोरोना संक्रमित एक महिलाको बाँकेमा मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका अनुसार बर्दिया गुलरिया नगरपालिका वडा नं. ८ लक्ष्मणटोलकी ५८ वर्षीया महिलाको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा बिहीवार दिउँसो १२ बजेर ५० मिनेटमा मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि पुष ६ गते अस्पतालमा भर्ना गरिएको थियो । पुष ७ गते स्वाब संकलन गरिएको महिलाको भोली पल्ट रिपोर्ट पोजेटिभ आएको थियो । बर्दियामा हालसम्म कोरोनाबाट १८ जनाको मृत्यु भइसकेको छ ।

  • ९ पुष २०७७, बिहीबार प्रकाशित

  • Nabintech