१५ बैशाख २०८१, शनिबार

बाँकेमा कोरोनाबाट दुई जनाको ज्यान गयो
  • न्युज मानसराेवर

बाँके बैजनाथ । कोरोनाबाट बाँकेमा थप दुई जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत दुई जना कोरोना संक्रमित पुरुषको आज मृत्यु भएको हो ।

बाँकेको जानकी गाउँपालिका वडा नम्बर ६ का ५० बर्षीय पुरुषको विहान ६ बजे र कैलालीको लुम्कीचुहा नगरपालिका वडा नम्बर ३ का ५८ बर्षीय पुरुषको गएराती २ बजे उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

  • १० पुष २०७७, शुक्रबार प्रकाशित

  • Nabintech