१४ बैशाख २०८१, शुक्रबार

बैजनाथको अस्थायी कोभिड अस्पताल थप तीन महिना सञ्चालन हुने
  • न्युज मानसराेवर

बाँके बैजनाथ । बाँकेको बैजनाथ गाउँपालिकाले सञ्चालन गरेको अस्थायी कोभिड अस्पताल थप तीन महिना संचालन हुने भएको छ । कोभिडका विरामीहरुलाई लक्षितगरी सञ्चालित उक्त अस्पताल अझै तीन महिना थप्ने तयारी गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण शाहीले जानकारी दिए ।

पालिकाले कार्तिकको पहिलो साता तीन महिनाका लागि भनेर अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको थियो । यो अस्पतालमा लक्षण चिन्ह देखिएका ६ जना विरामी उपचारपछि घर फर्किएका छन् । अहिलेसम्म ८० जना भाइरस संक्रमित फेला परेको यो पालिकामा अधिकांशले कोरोना भाइरसविरुद्धको लडाइमा सफल भएका छन् ।

एकजनाको भने मृत्यु भएको छ । मृत्यु भएकी ती महिला पहिल्यैदेखि मृगौला रोगबाट पीडित थिइन् । यो पालिकामा कोरोना संक्रमणको दर जिल्लाका अरु पालिकाभन्दा धेरै कम छ । अन्य पालिकाहरुमा भाइरस संक्रमणको दर उच्च छ ।

  • ११ पुष २०७७, शनिबार प्रकाशित

  • Nabintech