७ बैशाख २०८१, शुक्रबार

नवकिरणको ११ औँ वार्षिक साधारण सभा समुहगत
  • आरके छिनाल

बाँके बैजनाथ । नवकिरण  बहुउदेश्य  सहकारी संस्थाले आफ्नो ११ औँ वार्षिक  साधारण साभा समुहगत रुपमा सञ्चालन गरेको छ ।

सहकारीले मंसिर ६ गते बाट साधारण सभाको उदघाटन  गरेको थियो । ४७ वटा समुह रहेको सहकारीको कूल शेर पुँजी १ करोड ३३ लाख ४२ हजार ९ सय रहेको छ ।

सहकारीले हाल सम्म ८ करोड ४३ लाख ३७ हजार ५ सय २८ रुपैया कर्जा लगानी गरेको छ ।  सहकारीले ३५ लाख ४ हजार ३१ रुपैया खुद नाफा गर्न सफल भएको छ । १ हजार १  सय ६१ सदस्य सख्या  सहकारी  संस्थाको   छ ।

कोभिड १९ का कारण सहकारीको वार्षिक साधारण सभा बृह्त गर्न असक्षम भएका कारण समुह गत रुपमा सहकारीको साधारण सभा गरेका छौँ ‘ नवकिरण सहकारी संस्थाका अध्यक्ष राजु रुचालले   जानकारी गराए ।

रुचालले सहकारीको मर्म अनुरुप सबै विषयहरुमा हाम्रा शेर सदस्य हरुलाई जानकारी दिने उदेश्य हो ।’ त्यस कारण हामीले मंसिर ६ गते बाट सहकारीको साधारण सभा शुरु गदै १९ गते समापन गर्ने योजना बनाएका छौँ उनले भने ।

यो साधारण सभाले भावि योजना तर्जुमा तथा कार्यान्वयनको अवस्था बारे जानकारी गराउने  हाम्रो उदेश्य हो रुचालले भने ।

कार्यक्रममा प्रमुख अथिति बैजनाथ गाउँपालिका वडा न. २ का अध्यक्ष प्रेम  बहादुर  थापाले सहकारीलाई स्थानीय सरकारले आफ्ना विकासका योजनाहरुको मख्य सम्वाहकका रुपमा लिएको  बताए । ‘उनले सहकारी मार्फत नै साना छरिएर रहेका कृषकको आयआर्जनमा मुख्य टेवा पुग्ने हुँदा विकासको सहयात्रीका रुपमा लिएको दावि गरे ।

कार्यक्रमा उत्कृष्ट समुह प्रथम आरती बचत महिला समुह दोस्रो च्यामा बचत महिला समुह र तृतिय प्रगति बचत महिला समुहलाई सम्मान तथा पुरुस्कार समेत उपलब्ध गराइएको थियो । कार्यक्रममा वडा सदस्य भिम भूुसाल सदस्य भूमिशरा थापा मगर सदस्य सिता देवि विश्वकर्मा र सदस्य राजाराम थारु लगाएतको सहभागिता रहेको थियो । साधारण सभा सहकारीको आफ्नै कार्यालय मा राखिएको थियो ।

  • ११ पुष २०७७, शनिबार प्रकाशित

  • Nabintech