१५ चैत्र २०८०, बिहीबार

कोरोनाबाट बाँकेका २ र बर्दिया १ जनाको मृत्यु
  • न्युज मानसराेवर

बाँके बैजनाथ । कोरोनाबाट बाँकेमा तीन जनाको मृत्यु भएको छ । बाँकेका दुई र बर्दियाका एक जनाको मृत्यु भएको हो ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० का ६६ बर्षीय पुरुष, कोहलपुर नगरपालिका वडा नम्बर २ का ७३ बर्षीय पुरुष र ठाकुरबाबा ९ बर्दियाकी ८५ बर्षीया महिलाको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए । उनीहरुमध्ये दुई जनाको मंगलवार राती र एक जनाको बुधवार विहान मृत्यु भएको हो ।

योसंगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय २२ पुगेको छ । तीमध्ये ४५ जना बाँकेका र ७७ जना जिल्ला बाहिरका छन् ।

  • १५ पुष २०७७, बुधबार प्रकाशित

  • Nabintech