११ बैशाख २०८१, मंगलवार

बैजनाथ पशु शाखाले गर्यो ७ सय ४१ वटा पशु विमा
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  बैजनाथ गाउँपालिका पशु शाखाले आर्थिक वर्ष २०७७।०७८ मा सात सय ४१ पशु विमा गरिएको छ ।
पशु विमा अन्तर्गत गाइ १ यस ३९ , भैसी ६ सय २ रहेका छन् ।

गाउँपालिका पशु शाखाको सक्रियातामा पशु विमाले तिब्रता पाएको हो । आर्थिक वर्ष २०७७।७८ मा विमा गर्ने उदेश्यले ५ लाख बजेट विनियोज गरिएको पशु शाखा प्रमुृख खड्ग बहादुर सिहले जानकारी गराए ।

सिहका अनुसार कूल विमा रकमको ५० प्रतिशत गाउँपालिका र ५० प्रतिशत कृषक ले उपलब्ध गराउनु पर्ने प्रावधान अनुसार विमा कार्यक्रममा लाई संचालन गरिएको थियो ।

आगामी  रणनितिक योजना निमार्ण गर्दै उत्पादन मुखी पशु आयमा केन्द्रित हुने बैजनाथ गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत दान बहादुर ऐडीले बताए ।

आगामी आर्थिक वर्षमा थप बजेटको व्यवस्थापन गर्दै पशु विमा लाई निरन्तरता दिनुका साथै पशु सुत्केरी आहार भत्ताको व्यवस्था गरिने पशु शाखा प्रमुख सिहले जानकारी गराए ।

  • १६ पुष २०७७, बिहीबार प्रकाशित

  • Nabintech