८ बैशाख २०८१, शनिबार

पहिलो पटक कोरोना संक्रमणका कारण चिकित्सकको मृत्यु

बिहीबार दिउँसो ३ः१० बजे उनको मृत्यु भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा। रविन खड्काले जानकारी दिए । 

  • न्युज मानसराेवर

बाँके । कोरोना भाइरस संक्रमणका कारण नेपालमा पहिलो पटक चिकित्सकको मृत्यु भएको छ ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत बाँकेको खजुरा गाउँपालिका( ३ घर भएका ५९ वर्षका चिकित्सकको कोरोना भाइरस संक्रमणका कारण बिहीबार मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । भदौ २९  गते संक्रमण पुष्टि भएका उनलाई श्वास फेर्न गाह्रो भएपछि नेपालगञ्जको भेरी अस्पतालमा असोज १ मा भर्ना गरिएको थियो ।

प्लाज्मा थेरापी विधिका साथै रेमडेसिभरको समेत प्रयोग गरेर उनको उपचार गरिएको भएपनि बिहीबार एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि बिहान ९ बजे उनलाई भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो ।

भेन्टिलेटरमा राखेर उपचार गरिरहेकै समयमा बिहीबार दिउँसो ३ः१० बजे उनको मृत्यु भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा। रविन खड्काले जानकारी दिए ।

  • १५ आश्विन २०७७, बिहीबार प्रकाशित

  • Nabintech