१३ बैशाख २०८१, बिहीबार

नरैनापुरको प्रशासनिक काममा नागरिकलाई सास्ती

नरैनापुरबासीको माग र समस्यालाई ध्यान दिदैं संवाद समूहले इलाका प्रशासन लगायतका सरकारी कार्यालयले नरैनापुरबाटै सेवा प्रवाह गर्नुपर्ने लविङ गरेको संवाद समुहका सहजकर्ता शुक्रऋषि चौलागाई बताउँछन्

  • न्युज मानसराेवर

बाँकेको नरैनापुरमा कार्यालय राखेर सेवा प्रवाह गर्नुपर्ने इलाका प्रशासन कार्यालय ५ बर्षदेखि नेपालगन्जमै थन्किएको छ । यसले इलाका प्रशासनका कर्मचारीलाई मसतती छ । बिडम्बना, नरैनापुर क्षेत्रका नागरिकलाई नागरिकताको सिफारिस लिन समेत सास्ती हुँदै आएको छ । नागरिकको सहजताका लागि सरकारले प्रत्येक गाउँपालिकामा सरकारी सेवा सुविधा विस्तार गर्ने नीति लिएपनि नरैनापुर गाउँपालिकामा सरकारी नीति लागू हुन सकेको छैन् ।

सरकारी कार्यालयको ढिलासुस्ती, लापरवाही र अनियमितताको निगरानी गर्ने निकाय प्रशासन नै सरकारी नीतिको उल्लघन गरी सदरमुकाममा बसेको छ । इलाका प्रशासन नेपालगन्जको सिडिओ अफिसमै भएपनि यसलाई नरैनापुरमा लैजाने तर्फ गाउँपालिका र बाँके प्रशासन समेत उदासिन छ । आम नागरिकले तत्काल इलाका प्रशासनले नरैननापुरबाटै सेवा प्रवाह गर्नुपर्ने माग गरेका छन् ।

नरैनापुरबासीको माग र समस्यालाई ध्यान दिदैं संवाद समूहले इलाका प्रशासन लगायतका सरकारी कार्यालयले नरैनापुरबाटै सेवा प्रवाह गर्नुपर्ने लविङ गरेको संवाद समुहका सहजकर्ता शुक्रऋषि चौलागाई बताउँछन् । पाच वर्ष अघि नेपालगञ्जमा खुम्चिएको प्रशासन कार्यालय पुनस्पनाको माग र पहल विफल भएपछि सम्वाद समूह बाँकेले सरोकार पक्षसँग निरन्तर सम्वाद प्रक्रिया अघि बढाइरहेको उनी बताउँछन् ।

नरैनापुरमा नागरिकता लगायत आधारभुत अत्यावश्यक सेवा लिन नेपालगञ्ज पुग्नु पर्ने बाध्यता रहेको छ । जिल्ला समवय समितिका प्रमुख अजय कमार श्रीवास्तव, समन्वय अधिकारी लोक बहादुर सुनार, नरैनापुर गाउँपालिकाका अध्यक्ष मो इस्तीयाक शाहले समेत नरैनापुरमै कानून प्रदत अधिकार र सेवा प्राप्त गर्ने बातावरण सिर्जना गर्न सामुहिक पहल गर्ने भएका छन् ।

नरैनापुरमा इलाका प्रशासन कार्यालय, छोटी भन्सार, नापी, पशु क्वारेटाइन लगायतका कार्यालयले प्रभावकारी सेवा प्रवाह गर्न सकेका छैनन् । इलाका प्रशासन कार्यालय स्थापनाको तयारी भएपनि त्यहाँ अधिकृत नपठाइदा ढिलाई भएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ बताउँछन् । अन्य सेवा प्रदायकको सेवा बारेपनि गाउँपालिकाकै समन्वयमा सम्वद्ध कार्यालयसँग पहल गरिने उनी बताउँछन् । सम्वाद समूहको सहजिकरणमा गाउँपालिका अध्यक्ष शाहले अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालय र शाखा पुनस्र्थापनाको ढिलाई अब स्वीकार्य नहुने बताएका छन् ।

  • १५ आश्विन २०७७, बिहीबार प्रकाशित

  • Nabintech