७ बैशाख २०८१, शुक्रबार

बुटवलका केही क्षेत्र ४ दिनसम्मका लागि निषेध

आज बिहान ६ बजेदेखि ४ दिनसम्मका लागि निषेध गरेको जनाएको छ

  • न्युज मानसराेवर

बुटवल – रुपन्देही जिल्ला प्रशासनले बुटवल उपमहानगरपालिकाका केही क्षेत्र आज बिहान ६ बजेदेखि ४ दिनसम्मका लागि निषेध गरेको जनाएको छ ।

प्रशासनले १७ गते एक सूचना जारी गर्दै बुटवलका केही स्थानहरूमा सरकारी गाडी तोडफोड, सडकमा टायर बाल्ने र नारा जुलुस गर्ने जस्ता गतिविधिहरु भएको हुँदा स्थानीय प्रशासन ऐन २०२८ दफा ६ ९३क० बमोजिम आज बिहान ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्म ४ दिनका लागि सभा, जुलुस, प्रदर्शन लगायतका गतिविधिमा रोक लगाएको जनाएको छ । साथै निषेधित क्षेत्रमा ५ जना भन्दा बढी व्यक्तिहरु जम्मा भइ समुहमा हिडडुल गर्न पनि नपाइने जनाएको छ ।

  • १८ आश्विन २०७७, आईतवार प्रकाशित

  • Nabintech