१६ चैत्र २०८०, शुक्रबार

अभिनेत्री मिष्टि मुखर्जीको २७ वर्षको उमेरमा निधन

सन् २०१३ मा फिल्म ‘मे कृष्णा हुँ’ बाट बलिउड डेब्यू गर्ने मिष्टि मुखर्जी मृगौलाको समस्यासँग जुधिरहेकी थिइन्

  • न्युज मानसराेवर

काठमाडौं । अभिनेत्री मिष्टि मुखर्जीको २७ वर्षको उमेरमा निधन भएको छ । उनको शुक्रबार बेलुका बेंगलुरुमा निधन भएको हो । उनले बंगाली र हिन्दी फिल्ममा काम गरेकी छन् । रिपोर्ट अनुसार उनको अन्तिम संस्कार शनिबार गरिएको छ । सन् २०१३ मा फिल्म ‘मे कृष्णा हुँ’ बाट बलिउड डेब्यू गर्ने मिष्टि मुखर्जी मृगौलाको समस्यासँग जुधिरहेकी थिइन् र पछिल्लो केही महिनादेखि किटो डाइटमा थिइन् । मिष्टि मुखर्जीको परिवारमा उनका आमा–बुवा र भाइ छन् ।

 

  • १८ आश्विन २०७७, आईतवार प्रकाशित

  • Nabintech