१४ बैशाख २०८१, शुक्रबार

नगर भित्रको फोहर जटायुले व्यवस्थापन गर्ने

कोहलपुरर कोहलपुर नगरपालिकाले नगर क्षेत्रभित्रको फोहोर ब्यवस्थापनमा कुनै कठिनाई आए जटायु रिसाईक्लर्स प्रालिसंग समन्वय गर्न सर्वजनिक सुचना जारी गरेको छ । एक सूचना जारी गर्दै नगरपालिकाले कोहलपुर नगर क्षेत्रभित्रको फोहोर ब्यवस्थापनका लागि जटायु रिसाईक्लर्स प्रालिसँग सम्झौता भएकाले सहकार्य गरेर फोहर मैला व्यवस्थापनको काम गर्न भनिएको छ । नगरपालिकाद्धारा जारी गरीएको सूचनामा गत असार २६ गते नगरपालिका र जटायु प्रालिका बिच फोहोरमैला संकलन, ब्यवस्थापन र प्रशोधनकालागि दुई पक्षिय सम्झौता भए बमोजिम गत श्रावण १ गतेदेखी उक्त संस्थाले काम सुरु गरीसकेको उल्लेख छ । प्रालिले तय गरेको समयतालिका अनुसार नै फोहोर संकलन तथा मृत पशु चौपायाको ब्यवस्थापन हुने बताईएको छ । कोहलपुर नगरपालिका वडा नं ९ मा जटायु रिसाईक्लर्स प्रालि र कोहलपुर नगरपालिकाको साझेदारीमा प्रशोधन केन्द्र स्थापना गरिदै छ । ३ बिगाह क्षेत्रफलमा निर्माण हुन लागेको उक्त प्रशोधन केन्द्रमा नगर क्षेत्रभित्रबाट संकलन गरीएको फोहोरलाई वर्गिकरण गरी पुनः उपयोगकालागि प्रशोधन गरिने छ । प्रालिका संचालक सतिश केसीका अनुसार कुहिने फोहोरबाट कम्पोष्ट मल तथा बायो ग्याँस उत्पादन गरीने छ भने नकुहिने प्लास्टीक र धातुलाई प्रशोधन गरी पुनः प्रयोगयोग्य बनाईने छ । कोहलपुर नगर क्षेत्रको फोहर ब्यवस्थापनकालागि प्रशोधन उद्योगले स्थानिय स्तरमा रोजगारी समेत सृजना हुने केसीको भनाई छ । सञ्चालक केसीले घर घरमा रहेका कुहिने र नकुहीने बस्तुहरु बर्गिकरण गरेर प्रशोधन केन्द्र सम्म लगिने बताए । प्रशोधन केन्द्रमा प्लाष्टिकलाई प्रशोधन गरिने, धातुताई पनि पुनः प्रयोगका लागि पठाईने र कुहिने फोहरबाट प्राङगारीक मल र बायो ग्याँस उत्पादन गरिने जानकारी दिए । ३ बिगाह क्षेत्रफलमा गार्डेन सहित निर्माणाधिन अवस्थामा रहेको उक्त उद्योगबाट कुनै प्रकारको दुर्गन्ध बाहिर नजाने केसीको दाबि छ । उद्योगको डिपिआर तयार भईसकेको र केही समयभित्रै संरचना निर्माण कार्य सुरु गर्ने योजनाकासाथ आफुहरु अगाडी बढेको केसीले बताए । तत्कालकालागि नगर क्षेत्रबाट संकलन गरीएको फोहोरलाई कोहलपुर वडा नं। १० को सरस्वती सामुदायीक वनमा डम्पीङ साईट निर्णण गरी ब्यवस्थापन गरीएको केसीले जानकारी दिए । प्रशोधन केन्द्र तयार भएपछि मात्रै नगर क्षेत्रबाट संकलन गरीने ओहोरलाई उक्त स्थानमा लगिने उनको भनाई छ ।

  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  कोहलपुर नगरपालिकाले नगर क्षेत्रभित्रको फोहोर ब्यवस्थापनमा कुनै कठिनाई आए जटायु रिसाईक्लर्स प्रालिसंग समन्वय गर्न सर्वजनिक सुचना जारी गरेको छ । एक सूचना जारी गर्दै नगरपालिकाले कोहलपुर नगर क्षेत्रभित्रको फोहोर ब्यवस्थापनका लागि जटायु रिसाईक्लर्स प्रालिसँग सम्झौता भएकाले सहकार्य गरेर फोहर मैला व्यवस्थापनको काम गर्न भनिएको छ ।


नगरपालिकाद्धारा जारी गरीएको सूचनामा गत असार २६ गते नगरपालिका र जटायु प्रालिका बिच फोहोरमैला संकलन, ब्यवस्थापन र प्रशोधनकालागि दुई पक्षिय सम्झौता भए बमोजिम गत श्रावण १ गतेदेखी उक्त संस्थाले काम सुरु गरीसकेको उल्लेख छ । प्रालिले तय गरेको समयतालिका अनुसार नै फोहोर संकलन तथा मृत पशु चौपायाको ब्यवस्थापन हुने बताईएको छ ।

कोहलपुर नगरपालिका वडा नं ९ मा जटायु रिसाईक्लर्स प्रालि र कोहलपुर नगरपालिकाको साझेदारीमा प्रशोधन केन्द्र स्थापना गरिदै छ । ३ बिगाह क्षेत्रफलमा निर्माण हुन लागेको उक्त प्रशोधन केन्द्रमा नगर क्षेत्रभित्रबाट संकलन गरीएको फोहोरलाई वर्गिकरण गरी पुनः उपयोगकालागि प्रशोधन गरिने छ ।
प्रालिका संचालक सतिश केसीका अनुसार कुहिने फोहोरबाट कम्पोष्ट मल तथा बायो ग्याँस उत्पादन गरीने छ भने नकुहिने प्लास्टीक र धातुलाई प्रशोधन गरी पुनः प्रयोगयोग्य बनाईने छ । कोहलपुर नगर क्षेत्रको फोहर ब्यवस्थापनकालागि प्रशोधन उद्योगले स्थानिय स्तरमा रोजगारी समेत सृजना हुने केसीको भनाई छ ।

सञ्चालक केसीले घर घरमा रहेका कुहिने र नकुहीने बस्तुहरु बर्गिकरण गरेर प्रशोधन केन्द्र सम्म लगिने बताए । प्रशोधन केन्द्रमा प्लाष्टिकलाई प्रशोधन गरिने, धातुताई पनि पुनः प्रयोगका लागि पठाईने र कुहिने फोहरबाट प्राङगारीक मल र बायो ग्याँस उत्पादन गरिने जानकारी दिए । ३ बिगाह क्षेत्रफलमा गार्डेन सहित निर्माणाधिन अवस्थामा रहेको उक्त उद्योगबाट कुनै प्रकारको दुर्गन्ध बाहिर नजाने केसीको दाबि छ ।
उद्योगको डिपिआर तयार भईसकेको र केही समयभित्रै संरचना निर्माण कार्य सुरु गर्ने योजनाकासाथ आफुहरु अगाडी बढेको केसीले बताए । तत्कालकालागि नगर क्षेत्रबाट संकलन गरीएको फोहोरलाई कोहलपुर वडा नं। १० को सरस्वती सामुदायीक वनमा डम्पीङ साईट निर्णण गरी ब्यवस्थापन गरीएको केसीले जानकारी दिए । प्रशोधन केन्द्र तयार भएपछि मात्रै नगर क्षेत्रबाट संकलन गरीने ओहोरलाई उक्त स्थानमा लगिने उनको भनाई छ ।

  • १९ आश्विन २०७७, सोमबार प्रकाशित

  • Nabintech