१४ बैशाख २०८१, शुक्रबार

बार एशोसियसनले सरकारलाई भन्यो– ‘अनसनरत डा केसीका माग सम्बोधन गर’

केदारभक्त माथेमा नेतृत्वको कार्यदलले दिएको सुझावहरु पनि कार्यान्वयन गर्न ध्यानाकर्षण गराएको छ ।

  • न्युज मानसराेवर

काठमाडौँ । अनसनरत डा गोविन्द केसीको जीवन रक्षाका निम्ति सबै किसिमका उपायहरु अवलम्बन गर्न नेपाल बार एसोसिएसनले सरकारसँग माग गरेको छ । बारको मानव अधिकार तथा जनसरोकार समितिले मंगलबार एक विज्ञप्ति जारी गरी ‘नागरिकको जीवन रक्षा राज्यको परम कर्तव्य हुने भन्दै केसीको जीवन रक्षाका लागि तत्काल पहल थाल्न सरकारसँग माग गरेको हो ।

आधारभूत शिक्षा र स्वास्थ्य नागरिकको नैसर्गिक अधिकार भएकाले केसीसँग विगतमा गरेको प्रतिबद्धता कार्यान्वयन गर्न पनि बारको मानव अधिकार समितिले ध्यानाकर्षण गराएको छ ।

त्यस्तै कर्णालीमा मेडिकल कलेज स्थापनालगायतका माग सम्बोधन गर्नुपर्ने भन्दै केदारभक्त माथेमा नेतृत्वको कार्यदलले दिएको सुझावहरु पनि कार्यान्वयन गर्न ध्यानाकर्षण गराएको छ । २३ दिनदेखि अनशनरत डा। केसीको स्वास्थ्य अवस्था नाजुक भएको संयोजक सुनिल पोखरेलद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ ।

 

  • २० आश्विन २०७७, मंगलवार प्रकाशित

  • Nabintech