१२ बैशाख २०८१, बुधबार

विओपीले समात्यो ९० हजार बढिको सामाग्री

कमल विक्रम रेउलेको कमाण्डमा खटिएको ७ जनाको टोलीले ९० हजार ४ सय बढीको सामाग्री बरामद गरेको हो ।

  • न्युज मानसराेवर

बाँके । सशस्त्र प्रहरी बल विओपीले नेपालगन्जको टंकपसेरीबाट भारतबाट भित्र्याउँदै गरेको अवस्थामा विभिन्न सामाग्री वरामद गरेको छ । सशस्त्र प्रहरी नायव निरीक्षण कमल विक्रम रेउलेको कमाण्डमा खटिएको ७ जनाको टोलीले ९० हजार ४ सय बढीको सामाग्री बरामद गरेको हो ।

भारतबाट नेपालतर्फ अवैध रुपले भित्र्याउँदै गरेको मोटरसाइकलका पार्टस्, जुत्ता, पेन्ट, कपडा, खाद्यान्न लगायतको सामान नेपालगन्ज १५ टंकपसेरीस्थित दशगजा नजिकबाट बरामद गरिएको सशस्त्रले जनाएको छ । बरामद सामान नेपालगन्ज भन्सार कार्यालयलाई बुझाइएको छ । सीमानाका सील गरिएपनि अवैध चोरी पैठारी भने रोकिएको छैन् ।

  • २२ आश्विन २०७७, बिहीबार प्रकाशित

  • Nabintech