१५ बैशाख २०८१, शनिबार

आला नगरका ९० जना जनता समाजवादी पार्टीमा प्रवेश

स्थानीय लक्ष्मी परियारको संयुक्त पहलमा ९० जनालाई नै एक समारोहकाबीच अबिर मालाले स्वागत गरिएको छ ।

  • न्युज मानसराेवर

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा न–१९ स्थित आला नगरमा ९० बढि व्यक्तिहरु जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । बिहीबार त्यहाँ विभिन्न पार्टीमा रहेका व्यक्तिहरु जसपामा ओपचारिक रुपमा प्रवेश गरेका हुन ।

जसपाका नेता राजन राना मगर र स्थानीय लक्ष्मी परियारको संयुक्त पहलमा ९० जनालाई नै एक समारोहकाबीच अबिर मालाले स्वागत गरिएको छ ।

पार्टी प्रवेश कार्यक्रममा जसपा बाँकेका अध्यक्ष कमरुद्दीन राई, उपाध्यक्ष मगर, तत्कालीन सपा नगर अध्यक्ष श्रवण यादव, प्रदेश सदस्य रमारानी बैश्यको उपस्थिति रहेको युवा नेता राजेन्द्र बिश्वकर्मा जानकारी दिए ।

  • २२ आश्विन २०७७, बिहीबार प्रकाशित

  • Nabintech