१२ बैशाख २०८१, बुधबार

कोरोना संक्रमणबाट बाँकेमा थप एकको मृत्यु

हाल यो संख्या सहित बाँकेमा कोरोना संक्रमणबाट ज्यान गुमाउने संख्या २३ पुगेको छ ।

  • न्युज मानसराेवर

बाँके। कोरोना संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत नेपालगञ्ज वडा नं। १ धम्बोजीका ८५ वर्षीय पुरुषको बिहीवार राती ९ मृत्यु भएको हो । हाल यो संख्या सहित बाँकेमा कोरोना संक्रमणबाट ज्यान गुमाउने संख्या २३ पुगेको छ ।

सबै प्रकारको आवश्यक उपचार गर्दासमेत विरामीको स्वास्थ्यमा सुधार नआएको र उनको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । कोरोना संक्रमित मृतक विगत केही समयदेखि दम रोगबाट पीडित रहेको उनले बताए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ, जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँके, भेरी अस्पताल र परिवारको समन्वयमा शव व्यवस्थापनको तयारी भईरहेको कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।

  • २३ आश्विन २०७७, शुक्रबार प्रकाशित

  • Nabintech