१५ चैत्र २०८०, बिहीबार

कोहलपुर नगरपालिका : २८ करोड ऋणमा
  • कमल न्यौपाने

बाँके बैजनाथ । बाँकेको कोहलपुर नगरपालिकामा जनप्रतिनिधीले गर्ने बहानामा योजना देखाउँने होडबाजी चलाएका छन् । नगरपालिकामा अहिले थुप्रै योजनाहरू अलपत्र तथा वेवारिसे अवस्थामा छन् । कतिपय योजना अधुरा छन् । कतिपय टेण्डर भएपनि काम थालनी हुन सकेका छैनन् ।

कतिपय योजना कागतमै सिमित छन् । यहाँका थुप्रै सडक योजना अलपत्र छन । गोलपार्कको योजना वेवारिसे छ । नगरभित्रका साना मझौला तथा ठूला सडक र पार्कहरू पुर्ण हुन सकेका छैनन् । कोहलपुर बसपार्क समेत अपुरै छ । चौराह व्यवस्थापन उस्तै छ । सिकलसेल एमिनीयाको ल्याव भवन अलपत्र छ । नगरपालिकामा यस्ता थुप्रै योजना कागतमा सिमित देखिएका छन् ।

यहि अवस्थामा फेरि पनि नरपालिकाकाले विभिन्न योजनामा हस्ताक्षर र सम्झौता गर्दै आइरहेको देखिएको छ । कोहलपुर नगरपालिकामा योजना निमार्ण गर्ने, सम्झौता गर्ने तर, ती योजना पुरा नगर्ने प्रवृत्ति हाबी देखिएको छ ।

यसैबिच नगरपालिका र नगर बिकास कोषबिचआधुनिक बसपार्क निमार्णका लागि भन्दै ऋण सम्झौता शनिबार सम्झौता भएको छ । आगामी २ वर्षभित्र निर्माण सक्ने गरी नरगपालिका र नगर विकास कोषबिच ऋण सम्झौता भएको कोहलपुर नगरपालिकाका प्रवक्ता माधव रिजाल बताउँछन । उनकाअनुसार मेयर लुटबहादुर रावत र नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटाबिच दुई पक्षिय ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार नगर विकास कोषले कोहलपुर नगरपालिकालाई २७ करोड ९९ लाख १८ हजार ऋण उपलब्ध गराउने भएको छ । बसपार्क निर्माणका लागि अनुमानित लागतमध्ये ६० प्रतिशत ऋण उपलब्ध गराउन नगर विकास कोष तयार भएको रिजाल बताउँछन ।

तर, ठुला योजना देखाउँने नाममा नगरपालिकाले यबितेला आबश्यक नभएको बसपार्क निमार्ण गर्न लागेको भन्दै एकातर्फ आलोचना भैरहेको छ ।

दशैतिहार आएको बेला कोहलपुरका सडक बत्तिदेखि अन्य विकास निमार्णका पुर्वाधार लथालिङ छन कोहलपुरका स्थानीय भूम भण्डारीले भने ‘अहिले यति ठूलो योजनामाथि सम्झौता गर्नुले योजना देखाएर नगरपालिकाले नागरिकका आाँखमा छारो हािलरहेको छ ।’ उनकाअनुसार कोहलपुरको दीर्घकालिन योजना र विकास तथा आबश्यकताका लागि यो योजना ठिक भएपनि यतिबेला यसको माग होइन ।

नगरपालिका र नगर विकास बिच सम्झौता भैसकेको उक्त योजनामा कोहलपुर नगरपालिकाको टाउकोमा अब करिब २८ करोड ऋण परेको छ । आधुनिक बसपार्कका निहुँमा उक्त ऋणलाई कोहलपुर बासीका नाममा बाँडफाँड गर्दा प्रतिघरधुरी १२ हजार रूपैयाँ नागरिकका टाउकोमा नगरपालिकाका मेयर लुटबहादुर रावतले थुपारिदिएका छन् ।

नगरपालिकाको ४० प्रतिशत र नगर विकास कोषको ६० प्रतिशत लागतमा अत्याधुनिक बसपार्क निर्माण हुने भनिएअनुसार कोहलपुरबासीको नााममा यतिको ऋण पर्न आउने देखिएको छ । तर, उक्त बसपार्क ४६ करोड लागतमा कोहलपुरमा निमार्ण हुनेछ ।

कोहलपुर चौराहदेखी पुर्वतर्फ रहेको नगरविकास समितिको खाली जग्गामा नयाँ बन्ने बसपार्क बालमैत्री, सूचनामैत्री, प्रविधिमैत्री, खानेपानी, ढल निकास, भूमिगत बिद्युतीकरण, रिफ्रेसमेन्ट सेन्टर र सपिङ कम्प्लेक्स सुविधा सहितको हुने नगरपालिका बताउँछ ।

  • २४ आश्विन २०७७, शनिबार प्रकाशित

  • Nabintech