६ जेष्ठ २०७९, शुक्रबार

बलात्कारीलाई फाँसीको माग गर्दै प्रशासनमा धर्ना

युवायुवतीहरुले बिभिन्न ९ बुँदे माग राख्दै प्रशासन कार्यालय अगाडी धर्ना दिएका हुन ।

  • न्युज मानसराेवर

बाँकेका युवायुवतीहरुले बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने माग गरेका छन । ‘बलात्कारीलाई फाँसी दे’ लेखिएको प्लेकार्ड सहित स्थानिय युवायुवतीहरुले आईतबार जिल्ला प्रशासन कार्यालय बाँकेमा धर्ना दिएका छन ।

बिभिन्न बाल क्लब तथा युवा क्लबमा आवद्ध युवायुवतीहरुले बिभिन्न ९ बुँदे माग राख्दै प्रशासन कार्यालय अगाडी धर्ना दिएका हुन । टन्टलापुर घाममा नाङ्गो छातीमा नारा लेखेका र हातमा प्लेकार्ड बोकेका युवायुवतीहरु प्रशासन कार्यालय अगाडीको सडकमा धर्ना बसेका हुन ।

उनिहरुले वर्तमान संविधानको धारा संसोधन गरेरै भएपनि बलात्कारीलाई फाँसी वा हदैसम्मको कारवाही हुनुपर्ने जिकिर गरेका थिए ।

  • २५ आश्विन २०७७, आईतवार प्रकाशित

  • Nabintech