७ बैशाख २०८१, शुक्रबार

गाईको मासुसहित बाँकेमा तीन जना पक्राउ
  • न्युज मानसराेवर

बैजनाथ बाँके । गाईको मासुसहित बाँकेमा ३ जना पक्राउ परेका छन् । ७ किलो गाईको मासु, हड्डी र छालासहित खजुराबाट तीनजना पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय धनौलीले खजुरा गाउँपालिका वडा नम्बर ८ रनियापुर चमकदारपुरका ४५ बर्षीय चुन्नी खाँ, ५० बर्षीय शब्बिर खाँ र ३४ बर्षीय अब्दुल आशिक खाँलाई गाईको मासुसहित पक्राउ गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सब्बिर खाँको घरदेखि अन्दाजी २ किलोमीटर उत्तरपूर्वमा रहेको अस्फाक खाँको खेतबारीमा गाई काटिरहेको भन्ने सुचनाका आधारमा इलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरीक्षकको नेतृत्वमा गएको टोलीले शब्बिर खाँको घरबाट अन्दाजी ७ किलो गाईको मासुसहित तीनैजनालाई नियन्त्रणमा लिएको र घटनास्थलबाट गाईको हड्डी र छाला बरामद गरी आवश्यक अनुसन्धान भईरहेको प्रहरीको भनाई ।

  • २६ आश्विन २०७७, सोमबार प्रकाशित

  • Nabintech