१६ चैत्र २०८०, शुक्रबार

बाँकेमा शुक्रवार १७ जना डिस्चार्ज

निको भई डिस्चार्ज हुनेको संख्या १ हजार ९ सय ८०

  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  बाँकेमा शुक्रवार थप १७ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका ९ महिला ८ पुरुष गरी १७ जना डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या १ हजार ९ सय ८० पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी गराए ।

अब आइसोलेसनमा बाँकेका ५ सय ९१ र अन्य जिल्लाका २१ गरी ६ सय १२ जना रहेका छन् । बाँकेमा हालसम्म २ हजार ५ सय ९८ जनामा कोरोना पुष्टि भएको छ भने २७ जनाको मृत्यु भइसकेको छ ।

  • ३० आश्विन २०७७, शुक्रबार प्रकाशित

  • Nabintech