६ बैशाख २०८१, बिहीबार

कमल थापालाई कोरोना संक्रमण

थापालाई कोरोना संक्रमण

  • न्युज मानसराेवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई कोरोना संक्रमण भएको छ ।

उनले ट्विटरमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । बुधबार टाउको सामान्य दुखेपछि कोरोना संक्रमण परीक्षण गरेका उनमा बिहीबार संक्रमण पुष्टि भएको हो ।

थापाले आफ्नो अवस्था सामान्य रहेको र केही दिनयता आफूसँग सम्पर्कमा रहेकाहरुलाई सुरक्षित र सतर्क रहन आग्रह गरेका छन् । थापा होम आइसोलेसनमै बसेका छन् ।

 

  • ३० आश्विन २०७७, शुक्रबार प्रकाशित

  • Nabintech