१२ श्रावण २०८१, शनिबार

बाँकेमा महिला हिंसा बढ्दो
  • न्युज मानसराेवर

कोहलपुर। बाँकेमा वर्षेनि महिला हिंसा बढ्दो क्रममा छ । विगत केही वर्षको तथ्यांक अनुसार जिल्लामा महिला हिंसाका घटनाहरु बढ्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय बालबालिका, महिला, ज्येष्ठ नागरिक केन्द्रमा कूल ६ सय ६२ घटना दर्ता भएका छन् । आर्थिक वर्ष २०७७–७८ मा घरेलु हिंसाका घटनको संख्या विगतका वर्षभन्दा बढि हो ।

महिला सेलकी सूचना अधिकृत रमा शिरिषले ती उजुरीमध्ये ५९ घटना सम्बन्धित निकाय (अदालत) मा न्यायका लागि लडिरहेको बताइन् । हाल १९१ घटनाबारे महिला सेलमा अनुसन्धान प्रक्रिया चलिरहेको उनले जानकारी दिइन् । २०७७ को भदौमा घरेलु हिंसाका सबैभन्दा बढी घटना दर्ता भएका थिए । भदौमा मात्र ८२ ठाडो उजुरी दर्ता भएका थिए ।

सबैभन्दा कम भने गत वैशाखमा उजुरी दर्ता भएका छन् । वैशाखमा ३२ मात्र उजुरी दर्ता भएका छन् । त्यस्तै कूल उजुरीमध्ये २४ निवेदक सम्पर्कमै नरहेको तथ्यांक छ । हाल विभिन्न बहानामा महिलामाथि हिंसा दिनप्रतिदिन भइरहेका छन् । महिला सेलका अनुसार आ.व. २०७७–०७८ को तथ्यांकअनुसार जिल्लामा हालसम्म दर्ता भएका उजुरीमध्ये ३ सय ८८ घटनाउपर मिलापत्र भइसकेको छ ।

यस्तै इलाका प्रहरी कार्यालय कोहलपुर अन्तर्गत रहेको महिला सेलमा परेको उजुरीका आधारमा तीन आर्थिक वर्षमा घरेलु हिंसाका घटना बढेको पाइएको हो । आ.व. २०७५–०७६ मा १०, २०७६–०७७ मा ७५ र २०७७–०७८ मा १०३ वटा उजुरी परेको छ ।

ती मध्ये क्रमश मिलापत्र १०,६२ र ९३ रहेको प्रहरी हवल्दार कमला जैशीले बताइन् । उनका अनुसार महिला सेलमा वर्षेनि सयौँ मुद्धा पर्ने गरेको छ । २०७५–०७६ मा घरेलु हिंसा सम्बन्धि २५ वटा निवेदन दर्ता भएका थिए । उक्त वर्ष कुल १८६ जना महिला तथा बालबालिका हराएका थिए ।

ती मध्ये ५१ जना फेला परेको उहाँको भनाइ छ । ती मध्ये ११७ जना फेला पर्न बाँकी रहेको छ । उक्त वर्ष ११६ महिला हराएकोमा ३२ जना फेला परे भने ८४ जना अझै फेला पर्न सकेका छैनन् ।

  • ३२ श्रावण २०७८, सोमबार प्रकाशित

  • Nabintech