काेहलपुुर/ काेहलपुर ईलाका प्रहरी कार्यालयकाे गेट संगै रहेकाे हाम्राे हाेटल परिसरबाट आज विहान ५:३० बजे पुन: माेटरसाईकल चाेरी भएकाे छ । काेहलपुर क्षेत्रबाट माेटरसाईकल चाेरि दिनप्रतिदिन बढ्दै गईरहेकाे हुदा ईलाका प्रहरी कार्यालयलाई चुनाैती संग टाउकाे दुखाईकाे विषय बनेकाे छ ।
काेहलपुर ईलाका प्रहरी कार्यालय मातहतमा रहेका प्रहरी लगायत घुमुवा प्रहरीले चाेरी बढे संगै नियमित सर्च अप्रेशन गरेकाे थियाे । तर सर्च अप्रेशन ईलाका प्रहरी कार्यालय भन्दा बाहिर भयाे, चाेर सातिर भएका कारण ईलाका प्रहरी कार्यालय संगै रहेकाे हाेटेल अगाडिबाट माेटरसाईकल चाेर्न सफल भए, यस घटनाले प्रहरीलाई असफल बनाएकाे एक स्थानियबासी बताउँछन् ।