एमाले सचिव भीम आचार्य प्रदेश १ को मुख्यमन्त्री नियुक्त भएका छन् ।
प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई बिहीवार मध्याह्न पद तथा गोपनीयताको शपथ समेत दिलाइसकेका छन् ।
आचार्यलाई संसदीय दलको नेता चयन गरेर मुख्यमन्त्री शेरधन राई राजीनामा बुझाउन प्रदेश प्रमुखको कार्यालय पुगेका थिए ।
राईले राजीनामा दिएलगत्तै आचार्यलाई मुख्यमन्त्री नियुक्त गरिएको हो ।
विभाजन अघिको अवस्थामा प्रदेश १ मा एमालेसँग एकल बहुमत छ ।
नवगठित नेकपा एकीकृत समाजवादीको पक्षमा लाग्ने सांसदहरूलाई दल रोज्न २१ दिनको समय छ ।
बहुमत गुम्ने गरी सांसदहरू नयाँ दलमा लाग्नु अगावै एकल बहुमतको मुख्यमन्त्रीका रूपमा आचार्यलाई शपथ खुवाइएको हो ।