१२ श्रावण २०८१, शनिबार

राराले उठिबास लगाएको बैजनाथको राराली बस्ती पुनः विद्युत लाइन विस्तारले उठिबास हुने खतरा भन्दै बुझाए ज्ञापन
  • न्युज मानसराेवर

बाँके। बाँकेको बैजनाथ गाउपालिका वडानं. १ र ४ का बासिन्दाले विद्युत प्राधिकरणले कोहलपुर–सुर्खेत दैलेख १३२ केभिए प्रशारणको हाईटेन्सन लाईन विस्तारको लागि आफुनो बस्ती नै जोखिममा पार्ने गरी योजना बनाईएको भन्दै बिरोधमा उत्रिएका छन् ।

उनीहरुले हाल प्रस्ताव गरिएको सो योजना सच्याउन माग गर्दै जिल्ला प्रशाशन कार्यालय बाँके मार्फत ज्ञापनपत्र बुझाएका छन । स्थानीय पुनित विक्रम शाहले रारा तालको संरक्षण गर्न तथा निकुञ्ज स्थापना भएपछि मुगुबाट बिस्तापित भएर आएको बस्ती भएको स्मरण गराउदै पुन आफुहरुलाई नै लक्षित गरी बस्ती नै जोखिममा पर्ने गरी योजना सुरु भएको भन्दै तत्काल योजना संशोधन गरी बस्ती भन्दा बाहिरबाट हाईटेन्सन तार तान्नको लागि आग्रह गर्दै ज्ञापन पत्र बुझाईएको बताए ।

उनले भने–‘ हामीलाई मुगुमा रारा ताल संरक्षण र निकुञ्ज स्थापना गर्न भन्दै विस्तापित गरी बसालिएको बस्तीमा पुनः फेरी कोहलपुर सुर्खेत दैलेख १३२ केभिए हाईटेन्सन लाईन विस्तारको बाहानामा विस्तापित गर्न खोजियो यो ततकाल संशोधन होस ।’ उनले गाउदेखि २ सय मिटर पूर्वबाट लैजादा खासै क्षति नपुग्ने अवस्था हुँदा हुँदै एक रिर्सोटको जग्गा माथिबाट तार जाने भएको कारण पुरै बस्ति नै उठीबास लगाउने गरी योजना बन्नु दुर्भाग्य भएको बताए ।

स्थानीय वकिलजंग शाहले सो योजनाको सर्वे गर्दा वा ईआईए, आईईए जस्ता वातावरणिय प्रभाव मुल्याङ्कन गर्दा गरिएको स्थानीयको सर्जिमिन मुचुल्का नै किर्ते गरि गरीएको आरोप लगाए ।उनले भने–‘ त्यो मुचुल्कामा रहेका ९ जना  मध्ये केही लामो समयदेखि जिल्ला बाहिर रहेको र गाउँमा नआएको साथै आफ्नो पनि हस्ताक्षर किर्ते गरिएको छ। एक जना मानिसले लेखेर आफैले हस्ताक्षर गरि पठाएको छ ।’

  • ११ भाद्र २०७८, शुक्रबार प्रकाशित

  • Nabintech