१३ बैशाख २०८२, शनिबार

बाँकेमा पनि जलाइएको नोटबाट ब्रिकेट बनाईंदै
  • न्युज मानसराेवर

बाँके। नेपाल राष्ट्र बैंकले प्रचलनमा ल्याउन नमिल्ने झुत्रो, मैलो, पुरानो तथा च्यातिएका नोटलाई जलाइ ब्रिकेट बनाउने प्रविधि भित्र्याएको छ ।नेदरल्यान्ड्सबाट पहिलो पटक भित्र्याइएको यस प्रविधिको प्रयोगबाट अब प्रचलनमा ल्याउन नमिल्ने नोटलाई भट्टीमा डढाएर निस्कने खरानीबाट इन्धनका रूपमा प्रयोग हुने ब्रिकेट बनाउन थालिएको छ ।

चलनचल्तीमा ल्याउन नमिल्ने नोटलाई विगतमा जलाएर नष्ट गरिन्थ्यो ।नेदरल्यान्ड्सको एक कम्पनीसँग सन् २०२० भएको सम्झौताअनुसार आठ मेशिन ल्याउने सहमतिअनुसार अहिले आइपुगेका चार मेशिनबाट पहिलो चरणमा काठमाण्डौ, विराटनगर, वीरगञ्ज र नेपालगञ्जमा जडान गरी जलाइएका नोटबाट ब्रिकेट उत्पादन गरिने नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागमा प्रमुख रेवतीप्रसाद नेपालले गराएका छन।

  • १५ भाद्र २०७८, मंगलवार प्रकाशित

  • Nabintech