१२ श्रावण २०८१, शनिबार

नासु भण्डारी भए बाँकेका उत्कृठ कर्मचारी
  • न्युज मानसराेवर

बाँके। प्रत्येक वर्ष भाद्र २२ गते मनाईने निजामति सेवा दिवसमा जिल्ला प्रशासन कार्यालय बाँकेले सोही कार्यालयमा कार्यरत नासु टेकबहादुर भण्डारीलाई उत्कृष्ठ कर्मचारी घोषित गर्दै सम्मान गरेको छ ।

राष्ट्रिय स्तरमा सर्वाेत्कृष्ट र उत्कृष्ट कर्मचारी छनौट गरी पुरष्कृत गर्ने परिपाटीलाई पच्छ्याउदै बाँकेमा पनि भण्डारीलाई सम्मान गरिएको जनाईएको छ । निजामती सेवा दिवस–२०७८ को उपलक्ष्यमा भदौ २२ गते जिल्ला प्रशासन कार्यालय बाँकेमा आयोजित एक कार्यक्रमका वीच नासु भण्डारीलाई वर्षको उत्कृष्ट कर्मचारी घोषित गर्दै प्रशंसा पत्र सहित सम्मान गरिएको हो ।

नासु भण्डारीलाई बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्ट र सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले संयुक्त रूपमा खादा टोपी र दोसल्ला सहित सम्मान गर्नुका साथै प्रमाण पत्र समेत प्रदान गरेका थिए । बिगत ३७ वर्षदेखि निजामति सेवामा रहेका नासु भण्डारी निष्ठावान र लगनशील कर्मचारी मानिन्छन । सो अवसरमा कार्यालयमा कार्यरत कर्मचारीहरू मध्ये आन्तरिक मूल्यांकनका आधारमा निजलाई उत्कृष्ठ छनौट गरिएको जनाईएको छ ।

  • २२ भाद्र २०७८, मंगलवार प्रकाशित

  • Nabintech