२७ भाद्र २०८१, बिहीबार

बाँकेमा बुधवार ५ संक्रमित थपिए, ११ डिस्चार्ज
  • न्युज मानसराेवर

बाँके। बाँकेमा बुधवार थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ११० नमुना परीक्षण गर्दा ५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरीमा ४९ नमुना परीक्षण गर्दा ५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । मेडिकल कलेज कोहलपुर र बागेश्वरी प्रयोगशालामा ६१ नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।

संक्रमण पुष्टि भएका मध्ये बाँकेका २ जना छन् । ती, दुवै खजुरा गाउँपालिकाका हुन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार १ सय ८ पुगेको छ ।

बुधवार थप ११ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ७ सय २४ पुगेको छ ।

यसै गरी कोहलपुरमा कोरना संक्रमित संख्या घटेको छ । आज २ जना महिला संक्रमण मुत्त सगै अब कोहलपुरमा कूल संक्रमित संख्या ३७ मा झरेको छ । संक्रमित होमआइसोलेसनमा उपचाररत रहेको कोहलपुर फोकल पर्सन गेहराज खनालले जानकारी गराएका छन।

  • ३० भाद्र २०७८, बुधबार प्रकाशित

  • Nabintech