काठमाडौँ। माधव नेपालसहित १४ संघीय सांसद र लुम्बिनीका दुई प्रदेश सभा सदस्यलाई पदमुक्त गर्ने मागसहित दायर रिटको आज सुनुवाइ हुँदैछ ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिट न्यायाधीशद्वय दीपककुमार कार्की र डा. कुमार चुडालको संयुक्त इजलासमा पेशी तोकिएको छ । यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासले रिट निवेदक र विपक्षीलाई बोलाउने आदेश दिएको थियो ।
ओलीले सभामुख अग्नि सापकोटा, निर्वाचन आयोग र लुम्बिनीका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।
माधव नेपालको नेकपा ९एकीकृत समाजवादी० पार्टीलाई निर्वाचन आयोगले वैधानिकता दिएपछि ओलीले रिट दायर गरेका हुन् ।