बाँके। पछिल्लो २४ घन्टामा १३३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ६२२ नमूना परीक्षणमध्ये १०३६ पीसीआर र २९४ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
यससँगै नेपालमा हालसम्म ८ लाख ७५ हजार ९५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या ११ हजार ५३ पुगेको छ ।
मन्त्रालयका अनुसार थप एक हजार ८३० जना संक्रमणमुक्त भएका छन् ।
यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ लाख ५४ हजार पुगेको छ ।
हाल मुलुकभर २१ हजार ५२४ सक्रिय संक्रमित छन् ।