१२ श्रावण २०८१, शनिबार

दसैँको टीकाको उत्तम साइत बिहान १० बजेर २ मिनेटमा
  • न्युज मानसराेवर

बाँके। नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैँमा टीकाको उत्तम साइत २९ गते बिहान १० बजेर  २ मिनेटमा हुने सार्वजनिक गरेको छ। समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले दसैँसम्बन्धी विभिन्न साइत सार्वजनिक गर्दै यस्तो बताएका हुन्।

असोज २१ गते बिहीबार घटस्थापना गर्ने ११:४६ मा रहेको उनले बताए। उनका अनुसार घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११:४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ।

यद्यपि दसैँको टीका दिनभर लगाउन सकिने समेत समितिले बताएको छ। टीका लगाउने मानिस पूर्व फर्किएर कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ। आश्विन शुक्ल पूर्णिमाका दिन कात्तिक २ गते कोजाग्रत पूर्णिमा परेको छ।

  • ९ आश्विन २०७८, शनिबार प्रकाशित

  • Nabintech