बाँके। कृषि अनुसन्धान निर्देशनालय खजुरा बाँकेमा बाली प्रजनन् इकाईले हाल संचालन गरिरहेको धान बालीको परिक्षणका गरिरहेको छ ।
इकाइले यस क्षेत्रमा पाइने रैथाने/स्थानीय १४ जातका धान संकलन गरि तिनको चारित्रिक अध्ययन तथा मूल्यांकन गर्ने काम गरिरहेको जनाएको छ । त्यस्तै खडेरी सहने क्षमता भएका धानको अनुजात/जात पहिचान गर्न “रेन आउट सेल्टर” भित्र कृत्रिम खडेरी सिर्जना गरि परिक्षण संचालन गरेको छ ।
यसको साथै यस क्षेत्रको लागि उपयुक्त मसिनो-बास्नादार धानको अनुजात र असिंचित वातावरणको लागि उपयुक्त हुने धानका अनुजात पहिचान गर्न “धानको प्रादेशिक जातीय परिक्षण” पनि संचालन गरिरहेको हो ।
निर्देशनालयले विभिन्न क्याम्पस/विद्ध्यालयबाट कृषि विज्ञान अध्ययन गरि कार्यगत तालिमको लागि निर्देशनालयमा आएका विद्ध्यार्थी भाइ बहिनीहरुको पनि सहयोग लिई सिक्ने सिकाउने काम भइरहेको निर्देशनालका प्राविधिक अधिकृत सुमन बोहोराले जानकारी दिए। किसान आवाज