१४ जेष्ठ २०८१, सोमबार

एभरेष्ट कृषि सहकारी लिमिटेडको खाद्य समाग्री पसलमा छापा
  • न्युज मानसराेवर

बैजनाथ।  संयुक्त बजार अनुगमन समिति बाँकेले बुधबार बैजनाथ गाउपालिकाको एक सहकारीलाई अनुचित व्यापारिक कृयाकलाप गरेको अभियोगमा म्याद नाघेका खाद्य सामाग्री नष्ट गर्नुको साथै नगद जरिवाना गरेको छ ।

जिल्ला प्रशाशन कार्यालय बाँके, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बाँके, बाणिज्य कार्यालय र उपभोक्ता हित संरक्षण मंञ्चको संयुक्त अनुगमन समितिले बजार अनुगमनका क्रममा बैजनाथ गाउपालिका–६ मा सञ्चालनमा रहेको एभरेष्ट कृषि सहकारी लिमिटेडले सञ्चालन गरेको पसलमा म्याद गुजारेको खाद्य सामाग्री विक्रि बितरणको लागि राखेको भेटिएकोले २० हजार नगद जरिवानासहित २५ हजार ४ सय २८ मुल्य बराबरको सामाग्री नष्ट गरेको हो ।

स्थानीय देबबहादुर केसी अध्यक्ष रहेको सो सहकारीले किराना पसल सञ्चालन गरेको र किराना पसलमा म्याद गुज्रेको खाद्य सामाग्री भेटिए पछि जरिवाना गर्नुकोसाथै सामाग्री नष्ट गरेको जिल्ला प्रशासन कार्यालय बाँकेका अधिकृत हरिश्चन्द्र शर्माले जानकारी दिए ।

  • १४ आश्विन २०७८, बिहीबार प्रकाशित

  • Nabintech