१२ श्रावण २०८१, शनिबार

यस्तो थियो साढे नौहजार वर्ष पहिले मानिसको अनुहार !
  • न्युज मानसराेवर

बाँके। वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूले साढे नौहजार वर्ष पुरानो मानिसको अनुहार बनाउन सफल भएका छन् ।

बेलायतको संग्रहालयमा राखिएको जेरिको स्कलमा (जेरिको खप्पर) अनुहारको ढाँचा कोरेर त्यत्ति धेरै वर्षपहिलेको मानिसको अनुहार पत्ता लागेको हो ।

जेरिको स्कललाई संग्रहालयकै सबभन्दा पुरानो चित्रका रूपमा लिइन्छ । यसलाई रहस्यमयी मानिन्छ किनकि यो टुक्रिएको मानव खप्पर हो । यसमा आँखाको सकेट छ अनि यो प्लास्टरले छोपिएको छ ।

डिजिटल इमेजिङ र थ्रीडी प्रिन्टिङका मद्दतले विशेषज्ञहरू जेरिको खप्परमा रहेको मानव चेहरालाई पुनः सिर्जना गर्न सफल भएका थिए ।

नयाँ ढुंगे युगतिरको मानिसको खप्पर सन् १९५३ मा पुरातत्ववेत्ता क्याथलीन केन्योनले पत्ता लगाएकी थिइन् ।
खप्परको माइक्रो सिटी स्क्यान गरेपछि अनुसन्धानकर्ताहरूले प्लास्टरभित्र छोपिएको अनुहार बाहिर ल्याएका थिए ।

यो एक वयस्क मानिसको खप्पर भएको पत्ता लाग्यो । पुरुषकै खप्पर हुनुपर्छ यो ।

खप्परमा धेरै चोटपटकका चिह्न छन् ।

तर फ्लेचर लगायतका वैज्ञानिकको टोलीले प्रविधिको मद्दतले खप्परबाट अनुहार बनाउन सफल भए । खप्पर र यसको अनुहारलाई बेलायती संग्रहालयमा फागुनसम्म राखिनेछ ।

एजेन्सी

  • १८ आश्विन २०७८, सोमबार प्रकाशित

  • Nabintech