१२ श्रावण २०८१, शनिबार

कोहलपुर सामाजिक उद्यमी महिला सहकारी संस्थाको साधारण सभा सम्पन्न
  • अनुप भूसाल

कोहलपुर।कोहलपुर सामाजिक उद्यमी महिला सहकारी संस्था लि.को प्रथम साधारण सभा सम्पन्न गरिएको छ ।

संस्थाको सहकारीको प्रथम साधाण सभा बाट विजुला कुमारी अधिकारी को अध्यक्षतामा ११ सदस्यीय कार्य समिति विस्तार गरेको छ ।

सहकारीको सञ्चालक समितिको उपाध्यक्षमा गंगा वली सचिवमा विमला वि.क,कोषाध्यक्षमा रेखा सुनार, सदस्यहरुमा दुर्गा चन्द, चेतना सिहं, भुमिका खड्का, तारादेवि सिहं, पुष्पा वि.क, मोति कुमारी कुमाई, देविसरा थापा रहेका छन ।  यसै गरी सहकारीले ३ सदस्यीय लेखा समिति समेत चयन गरिएको छ ।

लेखा समितिको संयोजकमा सरिता थापा, सदस्यहरुमा शान्ता मरासिनि, तेज कुमारी वली चयन गरिएको छ । त्यसैगरि कर्जा समितिको संयोजकमा दुर्गा चन्द लाई चयन गरिएको छ ।

सहकारीले हाल सम्म २४ लाखको कारोबार गरेको प्रतिवेदमा उल्लेख  छ । कोहलपुर नगरपालिका वडा न ११ मा संचालन रहेको कोहलपुर सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको कार्य क्षेत्र कोहलपुर वडा नं १देखी२,३,७,८,१०,११,१२,१३ र १४ सम्म  रहेको छ ।

कार्यक्रममा  प्रमुख अतिथि कोहलपुर नगरपालिकाका मयेर लुट बहादुर रावतले सहकारी मार्फत महिला दिदिबहिनीहरुले कृषि तथा पशुपंक्षी को ब्यवसायिक रुपमा कार्य गरी आर्थिक रुपमा विकास हुर्दै जाने र नगरपालिकाबाट गर्नुपर्ने सहयोगको लागि आफु सधै तयार भएको उल्लेख गरेका थिए ।

कार्यक्रममा   कोहलपुर वडा न १ वडाअध्यक्ष गोपिलाल खनाल, ११ का वडा अध्यक्ष कर्ण बहादुर थापा, महिला उपकार मञ्चका अध्यक्ष चन्द्रकला न्यौपाने, नगर पशु शाखा र नगरकृषि शाखा प्रतिनिधिको सहभागिता रहेको थियो ।
प्रथम साधारण सभा कार्यक्रमको अध्यक्षता तदर्थ समिति का अध्यक्ष रेखा सुनारले गरेकी थिइन ।

  • १९ आश्विन २०७८, मंगलवार प्रकाशित

  • Nabintech