७ जेष्ठ २०८२, मंगलवार

राप्तीसोनारीमा कारको ठक्करबाट बालिकाको मृत्यु
  • न्युज मानसराेवर

(बाँके) : पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत् बाँकेको राप्तीसोनारी गाउँपालिका १ लौकीमा कारको ठक्करबाट बालिकाको मृत्यु भएपछि स्थानीयले अवरुद्ध गरेको राजमार्ग करिब चार घण्टापछि खुलेको छ ।

कोहलपुरबाट गएको प्रहरी टोलीले सम्झाई बुझाइ गरेपछि बाटो खुलेको हो । करिव चार घण्टादेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारिएपछि पाँच सय बढी सवारीसाधन वीच बाटोमा रोकिएका थिए ।

सुर्खेतबाट अर्घाखाँचीतर्फ जाँदै गरेको लु ३ च ८८७ नम्वरको कारले ११ वर्षीया बालिका मेनुका विकलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो ।

राप्तीसोनारी गाउँपालिका वडा नं. १ बस्ने बालिकाको मृत्यु भएपछि आक्रोशित स्थानीयले क्षतीपूर्ति र दोषीमाथि कारवाहीको माग गर्दै बाटो अवरुद्ध गरेका थिए ।

  • २३ आश्विन २०७८, शनिबार प्रकाशित

  • Nabintech