१२ श्रावण २०८१, शनिबार

बाँकेमा असोज महिनामा भएका १५ वटा सडक दुर्घटनामा परेर ८ जनाले गुमाए ज्यान
  • न्युज मानसराेवर

बाँके। बाँकेमा पछिल्लो एक महिनामा भएका १५ वटा सडक दुर्घटनामा परेर ८ जनाले ज्यान गुमाएका छन भने ४ जना गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक कार्यालय बाँकेले दिएको जानकारी अनुसार सबैभन्दा बढी सवारी दुर्घटनामा परेर पूर्वपश्चिम राजमार्गको कोहलपुर–शिवखोला सडक खण्डमा ३ जनाले ज्यान गुमाएका छन् ।

यसैगरी नेपालगञ्ज–गुलरिया सडक खण्डको धनौली क्षेत्रमा २ जनाले, राझा नजिकै १ जना, नेपालगञ्ज सुर्खेतरोडमा १ जनाले र राझाको गाउभित्र एकजनाले सवारी दुर्घटनामा परेर ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी निरिक्षक ऐनबहादुर मल्लले जानकारी दिए ।

उनले एक महिनाको अवधीमा ट्राफिक नियम विपरित सडकमा गुडेका २ हजार ८ सय ५० सवारी साधनलाई कारवाही गरी १५ लाख ८० हजार राजस्व समेत संकलन गरिएको बताए ।

उनले असोज महिनामा मापसे कारवाहीमा ५ जना परेको जानकारी दिदै उनीहरुबाट ५ हजार राजस्व संकलन गरिएको बताए । यसै अबधीमा सिट क्षमता भन्दा बढी यात्रु राख्ने १७ वटा सवारी साधनलाई कारवाही गरि १७ हजार राजस्व संकलन गरिएको छ ।

उनले कोहलपुर र नेपालगञ्ज बजार क्षेत्रमा प्रेसेर हर्नको प्रयोग गर्ने सवारी सवारी साधनहरुलाई कारवाही गरिएको बताउदै प्रेसर हर्न राखिएका १ सय ३ वटा सवारी साधनबाट हटाईएको र ४२ वटालाई कारवाही गरिएको बताए ।

उनले सडकर सुरक्षाको लागि नेपाल प्रहरीसंगको सहकार्यमा दैनिक चेकचाँच, आकस्मिक चेकिङ, मापसे चेकिङ, बढि भाडा लिने सवारी अनुगमन, आरक्षण सिट अनुगमन, नेपालगञ्ज बजार भित्र राखिएका अव्यवस्थित ठेलाहरुलाई नगर प्रहरीसँग समन्वय गरि हटाउने कार्य गरिएको, चाड पर्व लक्षित मोवाईल चेकिङ गरिएको, यात्रु वाहक सवारी साधनहरुका चालक परी–चालकहरुलाई सवारी दुर्घटना सम्बन्धी प्रशिक्षण प्रदान गरिएको, कोहपुर बासपार्क र नेपालगञ्ज बापार्कमा नागरिक यात्रु सहायता कक्ष सञ्चालन गरि आम नागरिहरुलाई आवागमनमा सहजता प्रदान गरेको लगायतका गतिबिधि सञ्चालनमा ल्याएको बताए ।

  • १ कार्तिक २०७८, सोमबार प्रकाशित

  • Nabintech