१४ जेष्ठ २०८१, सोमबार

देशभर सामान्य बदली, हल्का वर्षाको सम्भावना
  • न्युज मानसराेवर

बाँके। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आइतबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रही बागमती र गण्डकी प्रदेशका एक दुई स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।

देशभर आंशिकदेखि सामान्य बदली रहने छ। सबै प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको नियमित बुलेटिनमा उल्लेख छ ।

यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ। बागमती र प्रदेश नं १ का थोरै स्थानहरुमा तथा बाँकी  प्रदेशहरूका एक दुई स्थानहरुमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

  • ७ कार्तिक २०७८, आईतवार प्रकाशित

  • Nabintech