१ जेष्ठ २०८२, बुधबार

बाँके प्रहरीद्वारा पटाका नष्ट
  • न्युज मानसराेवर

बाँके\तिहारमा आतिशबाजी गर्ने उद्देश्यले भित्र्याईएका पटाका बाँके प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको छ । जिल्ला प्रहरी मातहतका प्रहरी इकाइहरुले विभिन्न समयमा बरामद गरेर जम्मा पारेका पटाका मंगलबार जिल्ला प्रहरी कार्यालयको परिसरभित्र नष्ट गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले विभिन्न समयमा भारतबाट नेपाल ल्याउने क्रममा बरामद गरिएको अन्दाजी २ लाख बराबरका पटाकाहरु जनप्रतिनिधि, पत्रकार लगायतको रोहबरमा नष्ट गरिएको जानकारी दिए ।

दिपावलीको अवसर पारेर भारतबाट ठूलो मात्रामा पटका जन्य विष्फोटक नेपाल भित्र्याईने भएकोले सीमा नाकामा भारतबाट पटाका ल्याउन नदिन विषेश कडाई गरिदै आएको प्रहरीले जनाएको छ ।

  • १६ कार्तिक २०७८, मंगलवार प्रकाशित

  • Nabintech