११ श्रावण २०८१, शुक्रबार

फेरी सुत्केरीको मृत्यु, साउनयता ५ आमाको मृत्यु
  • न्युज मानसराेवर

बाँके\ सुर्खेत ईतरामकी एक सुत्केरीको भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको छ । २२ दिनअघि छोरी जन्माएकी बिनीता परियार तीन दिनमै बिरामी भएपछि उपचारका लागि नेपालगन्ज शिक्षा अस्पतालमा भर्ना भएकी थिईन । शिक्षण अस्तालले विरामीको अवस्था जटिल रहेको भन्दै भेरी अस्पतालमा रिफर गरेको थियो ।

भेरी अस्पतालका चिकित्सहरुले सुत्केरी बिनिताको मिर्गोलामा समस्या रहेको भन्दै डायगलोसिसका लागि सुझाएका थिए । तर उनको मिर्गौलाले काम गर्न छोडेपछि मृत्यु भएको भेरी अस्पतालले जनाएको छ ।
मृतक सुत्केरीका दिदिले भने चिकित्सकहरुले कुनै जानकारी नै नदिई आईसीयुमा भर्ना गरेको बताईन । उनले भनिन, मिर्गौला नै खराब भए पनि हामीलाई जानकारी दिनु पर्थ्यो । तर हामीलाई जानकारी नदिई मिर्गोलाको डायलोसिसका लागि घाँटीमा प्वालजस्तो बनाइयो ।
चालु आर्थिक वर्षमा नेपालगन्ज अस्पतालमा ५ जना सुत्केरीको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले गत आर्थिक वर्षमा २५ जनाको मृत्यु भएको थियो । बाँकेमा मातृ मृत्यु दर निकै उच्च छ । समयमै उपचारका लागि अस्पताल नआउँदा सुत्केरी आमाहरुको मृत्यु हुने गरेको चिकित्सक बताउँछन् ।

  • १७ कार्तिक २०७८, बुधबार प्रकाशित

  • Nabintech