२१ बैशाख २०८१, शुक्रबार

बैजनाथ गाउँपालिकाले सम्पन्न गर्यो १२ औँ राष्ट्रिय जनगणना सफल बनाउन प्रभात फेरी
  • न्युज मानसराेवर

बैजनाथ \बैजनाथ गाउँपालिकाले राष्ट्रिय जनगणना, २०७८ सफल बनाउका निम्ति प्रभात फेरी कार्यक्रम सम्पन्न गरेको छ ।

बैजनाथ गाउँपालिकाका जनप्रतिनिधि कर्मचारी स्वास्थ्यकर्मी महिला स्यमसेविका स्थानीय संघ संस्था समाजसेवि स्थानीय राजनितिक दल सहकारीका प्रतिनिधि लगाएतले उक्त प्रभात फेरी कार्यक्रममा सहभागिता जनाएका थिए ।

नेपालमा सर्वप्रथम विसं १९६८ सालमा शुरु भएको यो जनगणना विसं २०७८ सालमा हुने जनगणना नेपालको १२ औँ राष्ट्रिय जनगणना हो।प्रभात फेरी कार्यक्रममा बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले १२ औँ जनगणनाका निम्ति खटिका गणकहरुलाई सहजीकरण गर्नाका निम्ति अनुरोध गरे ।

‘ उनले सबै राजनितिक दलका नेताहरुलाई जनगणनाको महत्वबारे आफ्ना भातृय संगठन र गाउँ घर तिर खटिएका गणकहरुलाई सहयोग गर्न अनुरोध गरेका छन ।

प्रभात फेरी बैजनाथ गाउँपालिका हुदैं बनकटुवा अस्पताल लाइन रंगीला चौक हुदै संगम चौकमा आएर कोण सभा गरिएको थियो ।

यही कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म जनगणनामा बाँकेमा मात्र ६ सय १७ गणक खटाइने छ।’ जनगणना गर्ने तथ्याङ्क कार्यालय बाँकेका प्रमुख वेदप्रसाद ढकालले  न्यूज मानसरोबरलाई जानकारी गराएका छन ।

‘मेरो गणना, मेरो सहभागिता’ नारासहित राष्ट्रिय जनगणना आगामी कात्तिक २५ गते देखी मंसिर ९ गते सम्म सम्पन्न गर्नाका निम्ति देशै भरी गणकहरु खटाइने बताइएको छ ।

राष्ट्रिय जनगणना, २०७८ मा सोधिने प्रश्नावलीमा घर र घरपरिवार सूचीकरण र मुख्य प्रश्नावली सार्वजनिक गरिसकेको छ ।

 

  • २३ कार्तिक २०७८, मंगलवार प्रकाशित

  • Nabintech