२२ बैशाख २०८२, सोमबार

तिहार अवधिमा लुम्बिनी प्रदेशमा १२ जनाको मृत्यु
  • न्युज मानसराेवर

बाँके\लुम्बिनी प्रदेशमा तिहार अवधिमा मात्र सवारी दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका अनुसार तिहार अवधि कार्तिक १५ देखि २१ गतेसम्म ४४ वटा सवारी साधन दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको हो ।

सोही अवधिमा सवारी दुर्घटनामा परी ३७ जना गम्भीर र २३ जना सामान्य घाइते भएका छन् ।

प्रदेशका १२ जिल्ला मध्ये सबै भन्दा बढी रुपन्देहीमा तिहार अवधिमा सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका हवल्दार दुर्गा पोखरेलले बताए ।

उनका अनुसार रुपन्देहीमा ५ वटा सवारी सधान दुर्घटनामा परेका थिए । त्यसपछि नवलपरासी पश्चिममा ९ वटा सवारी सधान दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

कपिलवस्तुमा ५ वटा, गुल्मीमा ४ वटा सवारी साधन दुर्घटना हुँदा एक÷एक जनाको मृत्यु भएको छ । त्यस्तै दाङ र बर्दियामा ५–५ वटा सवारी सधान दुर्घटनामा क्रमश २ जना र एक जनाको मृत्यु, बाँकेमा ८ वटा सवारी सधान दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।

प्युठान, रोल्पा, रुकुम पूर्वमा एकएक वटा सवारी सधान दुर्घटना भएपनि मृत्यु भने कसैको भएको छैन । पाल्पा र अर्घाखाँचीमा भने सवारी साधन नै दुर्घटना नभएको ट्राफिक प्रहरी कार्यालयको तथ्यांकमा छ ।

  • २४ कार्तिक २०७८, बुधबार प्रकाशित

  • Nabintech