१२ श्रावण २०८१, शनिबार

समृद्ध कोहलपुर निमार्णमा जुटेका छौँ मेयरःरावत
  • न्युज मानसराेवर

कोहलपुर \ कोहलपुर नगरपालिका मेयर (एल्बी ) लुट बहादुर रावतले प्रवेश द्धार उद्घाटन गरेका छन । ४ लाख २ हजार मा निमार्ण कार्य सम्पन्न गरिएको कोहलपुर नगरपालिका वडा न ८ मा निर्मित प्रवेश द्धारा रावतले एक कार्यक्रमका विच आज उद्घाटन गरेका हुन ।

प्रवेश द्धार उद्घाटन कार्यक्रममा बोल्दै रावतले आफ्नो कार्यकालमा भौतिक निमार्णका क्षेत्रमा उल्लेखनीय कार्य सम्पादन गरेको दावि गरे । उनले वडा कार्यालय ,स्वास्थ्य कार्यालय, विद्यालयहरुका भवन ,गौरवका आयोजनाहरु आफ्नो कार्यकालमा सम्पन्न गरिएको  र केही सम्पन्न हुने तर्फ रहेको बताए । रावतले शिक्षाका क्षेत्रमा आमुल परिवर्तन ल्याइएको दावि गरे ।  प्राविधि शिक्षालाई महत्व दिइएको बताउदै सबैका लागि शिक्षा भन्ने अभिप्रायले मावि स्तर सम्म निशुल्क अध्ययन गर्ने वातावरण बनाइएको कार्यक्रममा जानकारी गराए ।

शिक्षक दरबन्दी मिलान आर्थिक रुपमा कम्जोर दलित पछाडी परेका समुदायका तर्फ बाट एक डाक्टर र १ नर्स लाई ५० प्रतिशत रकम नगरले व्यहोर्ने र उनीहरुका लागि अध्ययन गर्ने बातावरण सृजना गरिएको बताए ।

समग्र सबृद्ध कोहलपुर निमार्णका लागि कृषि क्षेत्रको आधुनिकरण आवश्यक रहेको बताउदै उत्दपादन क्षेत्रको विकास गर्न आफु प्रतिवद्ध रहेको बताए । उनले बजार क्षेत्रलाई केन्द्रित गर्दे अग्रानिक कौशि खेति तर्फ अनुदानको व्यवस्था मिलाइएको बताए । नागरिकको स्वास्थ्य लाई मध्यनजर गर्दै आधारभूत अस्पताल संचालनमा ल्याइएको कार्यक्रममा जानकारी गराए ।

कार्यक्रममा कोहलपुर नगरपालिका वडा न ८ का वडा अध्यक्ष रेशम खत्री कार्यपालिका सदस्य तथा आर्थिक विकास समिति संयोजक डिल बहादुर परियार ,कर्मचारी स्थानीय राजनितिक दलका प्रतिनिधि लगाएतको सहभागिता रहेको थियो ।

  • २७ कार्तिक २०७८, शनिबार प्रकाशित

  • Nabintech